बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गच्छदारका पिएले पाए यति ठुलो जिम्मेवारी

गच्छदारका पिएले पाए यति ठुलो जिम्मेवारी

  • मिडिया डबली
  • सोमवार, भाद्र २१ २०७८

  • 9.4K
    SHARES

  • गच्छदारका पिएले पाए यति ठुलो जिम्मेवारी

    काठमाडौं, २१ भदौ-  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार निकट नेता कपिलेश्वर यादव नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएका छन् ।

    गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमति अनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो ।

    कांग्रेस सभापति देउवाले सुनसरीका यादवलाई नियुक्त गरेको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    ‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजनका लागि भएको सहमति अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नु भएको छ,’ भट्टराईद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । यादव गच्छदारका प्रमुख सहयोगीसमेत हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ११ २०८०१२:२७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend