काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्री बनाएका हुन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका छन् ।
प्रदेश सभाको बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
सभामुखको राजीनामापछि प्रदेश सभाको बैठक उपसभामुख सृजना दनुवारले सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ । थापालाई प्रदेश सभाबाट विश्वासको मत लिन उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ ।
सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउनेसम्मको रणनीति बनाइरहेको बुझिएको छ । यदि थापाले विश्वासको मत नपाए सरकार ढल्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।