काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले केही दिनदेखिको प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार र उनीहरूलाई राहतको व्यवस्थापन गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो समय मकवानपुरलगायतका बागमती प्रदेशका अन्य जिल्लामा बाढीपहिरोले बेपत्ता बनाएका नागरिकको उद्धार, विस्थापितको व्यवस्थापन र पीडितका लागि राहतको व्यवस्थामा कुनै कसर बाँकी नराख्न सभापति बानियाँले सरकारलाई आग्रह गरेका हुन् ।
अविरल वर्षाका कारण मकवानपुरका राजमार्ग अवरुद्ध भएका छन् । काठमाडौंसँग जोड्ने तीनवटै राजमार्ग अवरुद्ध बनेको थियो । ती राजमार्गमा अहिले सवारीसाधन चल्न थाले पनि जुनसुकै बेला अवरुद्ध हुने परिस्थिति छ ।
सोही कारण सभापति बानियाँले विपदको पूर्वतयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकहरूलाई सम्भाव्य जोखिमबारे पूर्वजानकारी दिई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।