आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीजी पोलिटेक्निकबाट नवलपरासीका ७३ युवाले पुरा गरे प्राविधिक तालिम

सीजी पोलिटेक्निकबाट नवलपरासीका ७३ युवाले पुरा गरे प्राविधिक तालिम

युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षा आवश्यक : विनोद चौधरी
  • मिडिया डबली
  • शुक्रवार, श्रावण २६ २०८०

  • 1.8K
    SHARES

  • सीजी पोलिटेक्निकबाट नवलपरासीका ७३ युवाले पुरा गरे प्राविधिक तालिम

    बर्दघाट - नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको सीजी पोलिटेक्निकलबाट ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन् ।

    ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम सम्पन्न गरेका हुन् । प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरुले ६ महिने तालिम पुरा गरेका हुन् ।

    नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुलाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । उनले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । चुनावी प्रतिवद्धता अनुसार उनले निर्वाचित भएलगत्तै पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । 

    कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेता चौधरीले प्राविधिक शिक्षाले युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने बताए । 

    शुक्रबार नवलपरासीको प्रतापपुर गाउँपालिकामा सीजी पोलिटेक्निकद्वारा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्रहरु सिमित छन् ।

    युवाहरुले सहजै रोजगारी पाइरहेका छैनन् । त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्छ । प्राविधिक शिक्षा भयो भने युवाहरु आफै स्वरोजगारमूलक काम गर्न सक्छन् ।’

    उनले नेपालबाट अदक्ष कामदार श्रमका लागि गइरहेको उल्लेख गर्दै प्राविधिक शिक्षा भए युवाहरुले विदेशमा पनि राम्रो काम पाउने बताए ।

    ‘सरकारको प्राथमिकता देशभित्रै युवाहरुलाई रोजगारी दिने हुनुपर्छ । युवाहरुलाई उद्यमशीलतासँग जोड्नु प्राविधिक शिक्षा बढि प्रभावकारी हुन्छ,’ उनले भने, ‘देशमा अवसर नपाएपछि युवाहरु विदेशिनुपर्ने बाध्यता छ । त्यसका लागि प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति पठाउन सकियो भने हाम्रा भाईबहिनीहरुले पनि राम्रो काम पाउँछन् । सेवा सुविधा पनि राम्रो हुन्छ ।’

    कार्यक्रममा प्रदेश सांसद  देवकरणप्रसाद कलवारले प्राविधिक शिक्षाले त्यस क्षेत्रका युवाहरुलाई रोजगारी पाउन सहज हुने विश्वास गरे । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले गाउँमा प्राविधिक शिक्षा पाएपछि युवाहरु लाभान्वित भएको बताए ।

    सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि प्राविधिक शिक्षाको महत्वमाथि जोड दिए । दोस्रो चरणको तालिमका लागि तयारी सुरु भएको सीजी पोलिटेक्निकले जनाएको छ ।

    2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend