काठमाडौं - नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले नवलपरासीलाई सम्मुनत बनाउन आह्वान गरेका छन् ।
उनले हामी सबै मिले नवलपरासी सम्मुनत बनाउन सम्भव रहेकोसमेत बताएका छन् । सिजी पोलिटेक्निकलद्वारा नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्ने क्रममा नेता चौधरीले यस्तो आह्वान गरेका हुन् ।
प्राविधिक शिक्षामार्फत युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित ६ महिने तालिममा ७३ जना सहभागी थिए । ‘म यहाँहरु सबैको उज्ज्वल भविष्यको कामना गर्दछु । यो तालिम निरन्तर रहनेछ ।
यो क्षेत्रको विकास मेरो प्राथमिकता हो । हामी सबै मिले नवलपरासीलाई समुन्नत बनाउन सम्भव छ,’ चौधरीले भने । सिजीले आफैंले इलेक्ट्रिक र मेकानिकल तालिम दिएर दक्ष जनशक्ति तयारी पारी रोजगारी उपलब्ध गराउँदै आएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।