आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयप्रति कांग्रेस सांसद विनोद चौधरीको आपत्ति

जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयप्रति कांग्रेस सांसद विनोद चौधरीको आपत्ति

  • मिडिया डबली
  • बुधवार, श्रावण १० २०८०

  • 2.0K
    SHARES

  • जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयप्रति कांग्रेस सांसद विनोद चौधरीको आपत्ति

    काठमाडौं - नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचन आयोगको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

    गत पुसमै आयोगलाई निर्वाचन खर्च विवरण बुझाइसके पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्ने सांसदको सूचीमा आफ्नो नाम राखेकोमा उनले ध्यानाकर्षण भएको जनाएका हुन् ।

    आयोगले मंगलबार निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने बहालवाला मन्त्रीदेखि पदाधिकारी तहका नेता तथा सांसदहरूलाई १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।

    जसमा नेता चौधरीको नाम पनि समावेश थियो । विवरणअनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका कुल उम्मेदवारमध्ये करिब आधा उम्मेदवारले नै खर्च विवरण सार्वजनिक नगरेको देखिन्छ ।

    प्रतिनिधिसभातर्फ दुई हजार चार सय ११ मध्ये एक हजार ३७ उम्मेदवार र प्रदेश सभातर्फ तीन हजार दुई सय २५ मध्ये एक हजार नौ सय ९८ उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेको जानकारी नदिएको निर्वाचन आयोगले जनाएको थियो ।

    ‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्ने सांसदको सूचीमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भएलगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ, जसको दर्ता नम्बर १०९९ रहेको छ । तसर्थ, उक्त सूचीबाट मेरो नाम हटाई यसबारेमा आमसञ्चारमाध्यमलाई सही सूचना उपलब्ध गराइदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम सिर्जना भएको हुँदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु,’ चौधरीले बुधबार जारी गरेको प्रेस नोटमा भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend