आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विरोधीलाई जिताउन र आफूलाई हराउन पार्टीभित्रकै मान्छे लागिपरेको विनोद चौधरीको आरोप

विरोधीलाई जिताउन र आफूलाई हराउन पार्टीभित्रकै मान्छे लागिपरेको विनोद चौधरीको आरोप

  • मिडिया डबली
  • आइतवार, श्रावण ७ २०८०

  • 2.4K
    SHARES

  • विरोधीलाई जिताउन र आफूलाई हराउन पार्टीभित्रकै मान्छे लागिपरेको विनोद चौधरीको आरोप

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन पार्टीभित्रकै मान्छे लागिपरेको आरोप लगाएका छन्।

    आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन पार्टीभित्रकै मान्छे लागिपरेका बताएका हुन्।

    चौधरीले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका आरोप लगाए।

    विरोधीलाई जिताउन पार्टीभित्रकै मान्छे लागिपरेको भन्दै उनले आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको दाबी गरे। आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगामी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनले चेतावनी दिए ।

    ‘निर्वाचनको क्रममा टिकट पाउनेबित्तिकै समग्र पार्टी, पार्टीका स्थानीय नेतागण, विभिन्न टिकटका प्रत्याशी सबैले पार्टीको संरचना, पार्टीको संस्कार, पार्टीको चरित्रबमोजिम एक ठाउँमा उभिएलान्। सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभूति भयो । मलाई लाग्छ– धेरैले यस्तो अनुभूति गरेको हुनुपर्छ । खालि निर्वाचनमा हराउने मात्र होइन, विरोधीलाई कसरी जिताउने भन्नेसम्ममा लागेका प्रत्यक्ष प्रमाणहरू सार्वजनिक छन् । त्यसलाई पार्टीको अनुशासन निकायमा राखिएको छ।’

    नेता चौधरीले नयाँ राजनीतिक दलहरूले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरू उठाउनुपर्नेमा जोड दिए। ‘नयाँ पार्टीहरूले ठूलो संख्यामा सदस्यता वितरण गरिरहेका छन् । उनीहरूले मान्छे मात्र परिचालन गरेका छैनन्, आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन् । अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरू संगठन विस्तारमा छन् । यो कुरा दिनहुँ जानकारीमा आइरहेका छन् । मैले यो विषय यहाँ राख्नैपर्छ,’ उनले भने ।

    उनले तत्काल अर्को वातावरण नबनाउने हो भने देशमा ठूलो समस्या आउने पनि बताए । ‘विभिन्न विकास निर्माणका मुद्दा, आर्थिक विकास मुद्दामा, निजी क्षेत्रसँग सम्बन्धित मुद्दामा, लगानीको मुद्दामा, अर्थतन्त्र संकुचित भएको स्थिति, बैंकमा भएको तरलता लगानी गर्न नसकेको अवस्था, चलिरहेका उद्योग बन्द गर्नुपर्ने परिस्थिति, यस्तो अवस्थामा हामीले तत्काल अर्काे वातावरण बनाउन सकेनौं भने अहिले देखिएको चुनौतिलाई झन् गम्भीर बनाउने कुरा निश्चित छ,’ चौधरीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend