आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस बागमती सभापति बानियाँले गरे खेलकुद विभागमा २० सदस्य मनोनयन

कांग्रेस बागमती सभापति बानियाँले गरे खेलकुद विभागमा २० सदस्य मनोनयन

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २९ २०८०

  • 1.9K
    SHARES

  • कांग्रेस बागमती सभापति बानियाँले गरे खेलकुद विभागमा २० सदस्य मनोनयन

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ संगठन विस्तारमा तीव्र ढंगले लागेका छन् ।

    उनले प्रदेशका विभिन्न विभागलाई पूर्णता दिने कामलाई निरन्तरता दिइरहेका छन् । पार्टी केन्द्रमा अधिकांश विभागले पूर्णता नपाइरहेका बेला बागमती प्रदेशमा भने बानियाँले अधिकांश विभागमा संयोजक र सदस्य मनोनयन गरिरहेका छन् । सभापति बानियाँले युवा तथा खेलकुद विभागमा २० सदस्य मनोनयन गरेका छन् ।

    उनले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा १३ (१०) (झ) बमोजिम प्रदेश सदस्य राजीवराज पौड्याल नेतृत्वको विभागमा २० जनालाई सदस्य मनोनयन गरेका हुन् ।

    काठमाडौंबाट सार्थक रिजाल र गोविन्द श्रेष्ठ, ललितपुरबाट गंगाराम महर्जन, सुरेन्द्र खड्का, विनोद महर्जन, चन्द्रबहादुर महर्जन र श्रीहरि श्रेष्ठ विभागमा परेका छन् ।

    त्यस्तै, सिन्धुपाल्चोकका देवप्रसाद बानियाँ, चितवनका तुफानजंग माझी, मकवानपुरबाट सानु कान्छा थिङ, रामेछापबाट भरत खत्री, सिन्धुलीबाट अति प्रबल घिमिरे, दोलखाबाट विश्व लामा र सागर श्रेष्ठ सो विभागको सदस्य बनेका छन् ।

    नुवाकोटबाट शैलेन्द्र तामाङ र दिनेश श्रेष्ठ, काभ्रेपलाञ्चोकबाट मिलन थापा र प्रकाशमान सिंहका साथै भक्तपुरबाट हरिॐ ढुंगेल र अनिल श्रेष्ठलाई खेलकुद विभागको सदस्यमा चयन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend