आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्थ समितिमै बाझियो अर्थमन्त्री महत र सांसद विनोद चौधरीको मत

अर्थ समितिमै बाझियो अर्थमन्त्री महत र सांसद विनोद चौधरीको मत

  • मिडिया डबली
  • मंगलवार, आषाढ १९ २०८०

  • 2.6K
    SHARES

  • अर्थ समितिमै बाझियो अर्थमन्त्री महत र सांसद विनोद चौधरीको मत

    काठमाडौं - अर्थमन्त्री डा प्रकाशशरण महत र सांसद विनोद चौधरी दुवै कांग्रेस नेता हुन् । तर देशको आर्थिक अवस्थालाई लिएर दुवैको धारणा फरक फरक पाइएको छ ।

    मंगलबार प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताए ।

    तर, त्यहीँ सांसद चौधरीले राजस्व संकलनको अवस्था डरलाग्दो अवस्थामा पुगेको बताए । बैठकमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाने संकेत देखिएको बताएका हुन् ।

    उनले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरे।

    ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ’, उनले भने।

    राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे।

    ‘अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने हो’, उनले भने। नेपालका डलर अर्बपतिसमेत रहेका सांसद चौधरीले सरकारको राजश्व संकलनको अवस्था डरलाग्दो रहेको बताएका छन्।

    असार १७ सम्म नौ खर्बको हाराहारीमा मात्रै राजश्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति भएको चौधरीको भनाइ छ।

    सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेको उल्लेख गर्दै उनले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए।

    ‘राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो। आयात बढेको छैन । तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन ? लगानी किन हुन सकिरहेको छैन ? किन कस्ट अफ डुईङ बिजनेस घट्न सकिरहेको छैन ? सरकारको सबैभन्दा बढी चासोको विषय यही हो । आउने दिनहरुमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ,’ चौधरीले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend