काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश भ्रातृसंघ समन्वय विभागलाई पूर्णता दिएका छन् ।
विभागको संयोजकमा प्रज्वल दवाडी नियुक्त भएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १३(१०) (झ) बमोजिम बागमती प्रदेश सदस्य दवाडीको संयोजकत्वलाई सभापति बानियाँले बुधबार पूर्णता दिएका हुन् ।
विभागको सदस्यमा शेरबहादुर परियार, होम श्रेष्ठ, अच्युत श्रेष्ठ, विशाल तामाङ, प्रेमनारायण श्रेष्ठ, बुद्ध भण्डारी, राजु श्रेष्ठ, दिपकप्रसाद मैनाली, सरस्वती तिमल्सिना खनाल, विजेन रञ्जित, मनिष शिवाकोटी, निमा बानियाँ र रिता खड्का छन् ।
बुधबार कांग्रेस बागमती प्रदेश सम्पर्क कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा सभापति बानियाँले मनोनीत सबै सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।