काठमाडौं - नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले कहिल्यै पनि किसानलाई समयमै मल दिन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले मलका विषयमा सबै सरकार असफल भएको बताए । उनले इलेभेन्थ आवरमा काम गर्ने प्रवृत्ति कायमै रहेको भन्दै असन्तुष्टि वयक्त गरे ।
‘किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ,’ चौधरीले भने ।
यस्तो प्रवृत्तिले किसानको मुहारमा खुसी ल्याउन नसकिने उनले बताए । मल वितरणका लागि पेट्रोलमा जस्तै सरकारी तवरबाटै आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भन्दै उनले प्रश्न गरे ।
भारत र बंगलादेशबाट ग्यास पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सक्ने प्रस्ताव सरकारी निकायमा थन्किएर बसेको उनको भनाइ छ । ‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौँ नेपाल चिनौँ’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको उनले बताए ।
रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेको सांसद चौधरीले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।