काठमाडौं - प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको बताइएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले बुधबार पनि निरन्तरता पाउने भएको हो ।
छलफलको क्रममा प्रतिपक्षी सांसदहरूले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् भने सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।