आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रतिनिधिसभा विघटनको मुद्दामा सघाउन सर्वाेच्च बारको यस्तो निर्णय

प्रतिनिधिसभा विघटनको मुद्दामा सघाउन सर्वाेच्च बारको यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 6.4K
    SHARES

  • प्रतिनिधिसभा विघटनको मुद्दामा सघाउन सर्वाेच्च बारको यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएशनले एमिकस क्युरीमा २ जना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।

    विघटन सम्बन्धी मुद्दामा सुनुवाइ हुँदा संवैधानिक इजलासलाई सघाउन सर्वोच्च बारले २ जना वरिष्ठलाई एमिकस क्युरीमा पठाएको हो ।

    सर्वोच्च बारका सदस्य विकास भट्टराईले बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको जानकारी दिए ।

    मुद्दामा नेपाल बार एशोसिएशनका तर्फबाट समेत २ जना एमिकस क्युरी माग्ने निर्णय संवैधानिक इजलासले गरेको थियो । बारले एमिकस क्युरीमा जाने अधिवक्ताको नाम टुंग्याइसकेको छैन ।

    संवैधानिक इजलासमा रहेका मुद्दामाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत बहुमत सांसदले विघटनविरुद्ध मुद्दा दायर गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend