काठमाडौं – सर्वाेच्च अदालतले पुनःस्थापना गरेपछि आईतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि आईतबार पहिलो बैठक बस्न लागेको छ ।
शनिवार साँझ सार्वजनिक भएको कार्यसूचीअनुसार अपराह्न ४ बजे बस्ने बैठकको सुरूमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठन बारेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसपछि सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
पढ्नुहोस् कार्यसूची –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।