आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज प्रतिनिधि सभामा यत्ति मात्रै हुने : शोक प्रस्ताव पारित गरेर स्थगित

आज प्रतिनिधि सभामा यत्ति मात्रै हुने : शोक प्रस्ताव पारित गरेर स्थगित

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 4.4K
    SHARES

  • आज प्रतिनिधि सभामा यत्ति मात्रै हुने : शोक प्रस्ताव पारित गरेर स्थगित

    काठमाडौं – पुनःस्थापित प्रतिनिधि सभाको आईतबार बस्ने पहिलो बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूची संशोधन भएको छ ।

    सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्ताव मात्र पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि सम्भावित कार्यसूची सभामुख अग्नि सापकोटाको निर्देशनमा हटाइएको छ ।

    बैठक हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर सभा सञ्चालनबारे सहमति गर्ने र कार्यसूचीलाई अन्तिम रूप दिने चलन रहेको छ । तर नेकपा विभाजित भए पनि कानूनी रूपमा विवादको टुंगो नलागेकाले संसद सचिवालयलाई समेत बैठक व्यवस्थापन गर्न अप्ठ्यारो भएको छ ।

    आईतवारको बैठक शुरू हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने जानकारी संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दिएका छन् । 

    संसद पुनःस्थापनापछि आज आईतबार पहिलो पटक संसदको बैठक बस्दैछ ।  बैठक आज आईतबार दिउँसो ४ बजे बस्ने कार्यक्रम रहेको छ ।

    आजै आईतबार बिहान सभामुख सापकोटासँग भेटेर नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले छलफल गरेका थिए । पहिलो दिन नै नियमित कार्यसूचीमा जाँदा तनाव हुनसक्ने भन्दै सरकार पक्षको प्रस्तुती हेरेर थप कदम चाल्ने सहमति भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३ २०७८०६:५०:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend