काठमाडौं – आज शुक्रबार प्रतिनिधिसभा बैठक बस्दैछ ।
दिउँसो १ बजे बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आज शुक्रबारको बैठकमा पनि केही महत्त्वपूर्ण बिजनेस छैन ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ ।
यस्तै नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रियसभा सदस्य तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रम रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।