मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

एक वर्षको बैठक भत्ता नलिने कांग्रेस सांसद उदयशमशेर राणाको घोषणा

एक वर्षको बैठक भत्ता नलिने कांग्रेस सांसद उदयशमशेर राणाको घोषणा

  • मिडिया डबली
  • मंगलवार, जेठ ९ २०८०

  • 4.8K
    SHARES

  • एक वर्षको बैठक भत्ता नलिने कांग्रेस सांसद उदयशमशेर राणाको घोषणा

    काठमाडौं - नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले एक वर्षको तलबभत्ता नलिने घोषणा गरेका छन् ।

    देश आर्थिक मन्दीबाट गुज्रिरहेको भन्दै सांसद राणाले आगामी आर्थिक वर्ष संसद् र संसदीय समितिका बैठकमा सहभागी भएको भत्ता नलिने घोषणा गरेका हुन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँलै उनले अर्थतन्त्रमा आइपरेको समस्या समाधानमा जानुपर्ने बताए ।

    उनले अन्य सांसदहरूलाई पनि बैठक भत्ता नलिने घोषणा गर्दा राम्रो सन्देश जाने आग्रह गरेका छन् ।

    ‘सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि सरकारले के गर्छ, सरकारले कसो गर्छ भनेर निरीक्षण गर्ने हेर्ने आफ्नो ठाउँमा छ, तर हाम्रो पनि जिम्मेवारी हुन्छ ।

    त्यसैले यो अत्यन्तै अप्ठ्यारो आर्थिक परिस्थितिको समयमा हामीहरूले पनि केही न केही योगदान गर्नुपर्छ भन्ने लागेको छ,’ पूर्वअर्थराज्यमन्त्री राणाले भने, ‘हामीले विभिन्न बैठकमा संसदमा भाग लिन्छौं । त्यसको भत्ता आउने गरेको छ ।

    त्यसमा के गर्ने भन्ने पुनर्विचार गर्नुपर्छ भन्ने जरुरी रहेको ठान्छु । केही समयका लागि नलिए पनि हुन्छ । यसले राम्रै म्यासेज जाला भन्ने लागेको छ । मेरो व्यक्तिगत तर्फबाट आउने आर्थिक वर्षबाट बैठक भत्ता म लिँदैन भन्ने कुरा राख्न चाहन्छु ।’

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका राणाले बजेट निर्माण गर्ने क्रममा फजुल खर्च कटौतीमा ध्यान दिन सरकारलाई सुझाव दिए । ‘आउने बजेटमा नीति तथा कार्यक्रममा अझै प्राथमिकीकरण गर्न जरुरी ठानेको छु ।

    हाम्रो नीति तथा कार्यक्रम आउँदाखेरि चालू र फजुल खर्चबारे केही कुरा आएको छ । सरकारले चालू र फजुल खर्चमा कटौती गर्ने भन्ने कुरा आएको छ ।

    विभिन्न रिपोर्ट सरकारमा पुगेको छ र त्यो रिपोर्टहरूका आधारमा चालू खर्च, फजुल खर्च र वितरणमुखी खर्चहरूलाई घटाउन जरुरी छ,’ राणाले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०८३०९:२५:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend