काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ।
बुधबार डिल्लीबजार कारागारमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकपछि विज्ञप्ति जारी गर्दै उसले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। सो फैसलाप्रति आफूले सम्मान गर्ने चौधरीले बताएका छन् ।
उनले आफू अब पुरावलोकनमा पनि जाने उल्लेख गरेका छन् । सर्वोच्चको फैैसलाप्रति कुनै टीकाटिप्पणी नगर्न पनि उनले अपिल गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।