बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीका अर्का भित्रिया पनि ठगीकाण्डमा मुछिए, प्रमुख आयुक्तबाट राजीनामा दिने

ओलीका अर्का भित्रिया पनि ठगीकाण्डमा मुछिए, प्रमुख आयुक्तबाट राजीनामा दिने

  • मिडिया डबली
  • बिहिवार, बैशाख २१ २०८०

  • 43.3K
    SHARES

  • ओलीका अर्का भित्रिया पनि ठगीकाण्डमा मुछिए, प्रमुख आयुक्तबाट राजीनामा दिने

    काठमाडौं - अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई पनि नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् ।

    नेपाल आयल निगमको आठ करोड भ्रष्टाचार प्रकरणमा राईलाई मुद्दा नै नचलाई अख्तियारले तामेलीमा राखेको थियो ।

    पछि तिनै राईलाई एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाइएको थियो ।

    भुटानी शरणार्थी प्रकरणमा आफ्नो पनि नाम मुछिएपछि अहिले उनी तनावमा परेका छन् । गृह सचिव भएका बेला राईले धेरै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको खुलेको छ ।

    पक्राउ परेका पाँचजनाले भने पूर्वगृहसचिवसमेत रहेका अख्तियार प्रमुख राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी नैनाकला थापाको समेत नाम लिएका छन्।

    बयानमा उनीहरुको नाम पोलिएको भए पनि प्रहरीले अहिलेसम्म उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी गराइसकेको छैन। ‘बयानमा उहाँहरुको नाम पोलिएको छ। तर थप पुष्टि हुने आधार हेर्दैछौं।

    ज–जसको पुष्टि हुने आधार देखिएको छ, उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थप पुष्टि भए अन्यविरुद्ध पनि पक्राउ पुर्जी लिन्छौं र कारबाहीको दायरामा ल्याउँछौं,’ एक अनुसन्धान अधिकृतले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend