आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आठ वर्षमा विनोद चौधरीको सम्पत्ति ८० करोड डलर बढ्यो

आठ वर्षमा विनोद चौधरीको सम्पत्ति ८० करोड डलर बढ्यो

  • मिडिया डबली
  • बुधवार, चैत्र २२ २०७९

  • 5.3K
    SHARES

  • आठ वर्षमा विनोद चौधरीको सम्पत्ति ८० करोड डलर बढ्यो

    काठमाडौं - विश्वका धनीहरुको सूची प्रकाशन गर्ने चर्चित म्यागेजिन फोर्ब्स म्यागजिनका अनुसार नेपालका उद्योगपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलरले बढेको छ ।

    चौधरीको सम्पत्ति हाल एक अर्ब ८० करोड डलर पुगेको छ । सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका १६४७ औं धनी व्यक्ति हुन् । उनी नेपालका एक्ला अर्बपति हुन् ।

    सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो। फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरी गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend