आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

बागमती प्रदेशमा लामा वा बानियाँमध्ये कांग्रेसबाट कसले नेतृत्व गर्लान् ?

बागमती प्रदेशमा लामा वा बानियाँमध्ये कांग्रेसबाट कसले नेतृत्व गर्लान् ?

  • मिडिया डबली
  • बुधवार, चैत्र २२ २०७९

  • 3.4K
    SHARES

  • बागमती प्रदेशमा लामा वा बानियाँमध्ये कांग्रेसबाट कसले नेतृत्व गर्लान् ?

    काठमाडौं - एमाले र राप्रपा बाहिरिएसँगै दोस्रोपटक संसदबाट विश्वासको मत लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्यमा लागेका छन् ।

    मन्त्रिपरिषदमा आन्तरिक भागबन्डा मिलाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको कार्यदल छलफलमा जुटेको छ । साथै, कांग्रेस पनि छलफलमा जुटेको छ ।

    तर मन्त्रालयको भागबन्डा पेचिलो बनेको कांग्रेस सांसद चित्रकारले जानकारी दिए । कांग्रेसले ६ मन्त्रालयमा दाबी गरेको छ । तर सात सांसद रहेको एकीकृत समाजवादीले तीनवटा मन्त्रालय दाबी गरेकाले सहमति जुट्न नसकेको नेता चित्रकारले बताए ।

    यदि एकीकृत समाजवादी दुई मन्त्रालय लिन तयार भएमा कांग्रेसको भागमा पाँचवटा मात्रै मन्त्रालय पर्ने छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित पाँचवटा मन्त्रालय लिएको छ । बागमती प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् छ ।

    प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसको ३७ सांसद छन् । तर, २१ सांसद रहेको माओवादीले पनि पाँच मन्त्रालय लिने, ३७ सांसद रहेको कांग्रेसलाई पनि पाँच मन्त्रालयमै सीमित पार्न खोजिएपछि बागमती प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको हो ।

    कांग्रेसमा बागमती प्रदेश दलका नेता बहादुरसिंह लामा, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ वा उपनेता रामकृष्ण चित्रकारमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने विषयमा छलफल चलिरहेको छ ।

    लामा वेटिङ मुख्यमन्त्रीका रूपमा रहेकाले बानियाँ नेतृत्वमा सरकारमा जानुपर्ने मत बलियो बन्दै गएको छ । कांग्रेसबाट मन्त्री बन्न चाहनेको संख्या बढ्दै गएको छ ।

    कांग्रेसबाट श्रीराम लामिछाने, सुरजचन्द्र लामिछाने, छिरिङदोर्जे लामा, तीर्थ लामा, रमेश महत, मिनकृष्ण महर्जन, दीपेन्द्र श्रेष्ठलगायत मन्त्री बन्न लबिङमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend