काठमाडौं–वैशाख १० गते हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुन गठबन्धन दलमा आवद्ध पाँच दलले पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले उपनिर्वाचनमा खटिन मातहतका पार्टी निकायलाई निर्देशन दिएका हुन्।
पाँचै दलका सभापतिरअध्यक्षले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्थारसंगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं।’
वैशाख १० गते हुने निर्वाचनमा गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।