काठमाडौं– मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।
हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।