आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण 

सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण 

  • मिडिया डबली
  • आइतवार, चैत्र ५ २०७९

  • 2.1K
    SHARES

  • सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण 

    काठमाडौं- बेलायती सांसद (हाउस अफ कमन्स) विरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाइ व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन् । आइतबार काठमाडौंको होटल भिभान्तामा सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो । 

    कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रुपमा वहन गर्न सक्ने उनले बताए । कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका वृहत्तर रुपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवस्यक रहेकोमा पनि उनले जोड दिए ।

    ‘सांसद एक्लैले गरेर केहि हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ ।’ सांसद शर्माले भने, ‘बेलायती संसदमा रहेर काम गरिरहदा मेरो अनुभव पनि यहि हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।’

    बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चार जना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए । ‘उनीहरुको जिम्मेवारी पनि तोकिएको हुन्छ । टीममा सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्छन्’ उनले भने, ‘काममा दोहोरोपन हुनुभएन । टीमवकर्ममा विश्वास हुनुपर्छ ।’ 

    कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्धामा संसदमा प्रभावकारी रुपमा उठाउन राजनीतिक टीमको आवश्यकता औंल्याए । ‘हामीले निर्वाचन क्षेत्रका मुद्धाहरुमा पनि काम गर्नुपर्छ । त्यस्तै राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौं,’ उनले भने । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरुलाई पनि लाभ हुने चौधरीको विश्वास थियो ।

    कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौंमा राजनीतिक सचिवालय बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend