आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २६ २०७९

  • 2.6K
    SHARES

  • अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

    काठमाडौं - एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेस सत्तारोहणको तयारीमा छ।

    बिहीबार भएको राष्ट्रपति चुनावमा कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन् ।

    यसबीचमा आठदलीय गठबन्धनमा शक्ति बाँडफाँटबारे छलफल आरम्भ हुने नेताहरूको भनाइ छ । कांग्रेस सत्तामा जाँदै गर्दा अर्थ मन्त्रालयसहित आठवटा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै छ।

    प्रधानमन्त्री प्रचण्ड लय बिग्रिएको अर्थ मन्त्रालय सम्हाल्ने व्यक्तिको खोजीमा छन्। सबैभन्दा धेरै चासो अर्थमन्त्री को बन्ला भन्ने देखिएको छ ।

    नेपाली कांग्रेसमा एक से एक अर्थ मन्त्रालय चलाउन सक्ने खुबी नेताहरू छन् । महामन्त्री गगन थापालाई उपप्रधानसहित अर्थमन्त्री बनाउने प्रचण्डले प्रस्ताव गरेको बुझिएको छ ।

    तर महामन्त्री थापाले यसबारे केही बोलेका छैनन् । पार्टी पदाधिकारी भएकाले पनि आफैं जान उपयुक्त नहुने भएकाले पार्टीले सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ ।

    कांग्रेस केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी पनि अर्थमन्त्रीको दौडमा छन्। कांग्रेसको दुवै खेमासँग नजिक रहेका चौधरीले आफूलाई अर्थमन्त्री बनाइए देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन भूमिका खेल्ने भन्दै पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् ।

    चौधरीले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालालाई भेटेर अर्थतन्त्र सम्हाल्ने खाका नै प्रस्तुत गरिसकेका छन् । अर्थ मन्त्रालय सम्हाल्दा विज्ञ र व्यवसायीको साथ सरकारलाई हुने विश्वासमा प्रधानमन्त्री प्रचण्डको छ।

    कांग्रेसमा प्रवक्ता डा. प्रकाश शरण महत, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर राणाले पनि अर्थमन्त्रीमा चाहना राखेका छन् । तीनैजना अर्थ मन्त्रालयमा पुगिसकेका कांग्रेस नेताहरू हुन् ।

    कांग्रेसभित्र र बाहिर चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन दबाब पनि छ । तर वाग्ले सांसद छैनन् । ६ महिने मन्त्री खान वाग्ले आफैं तयार छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend