काठमाडौं– प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।
विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
आज अपराह्न १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो भने सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।