हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ जनताका सुख, दुःखमा साथ दिने नेतामा पर्छन्। अहिले उनी मनहरी क्षेत्रमा जंगली हात्ती आतंक रोक्न पर्सा राष्ट्रिय निकुन्जमार्फत पहल गर्न केन्द्रीत बनेका छन्। नेता बानियाँले निकुन्जमार्फत प्राविधिक टोली परिचालन गरी जंगली हात्तिको आतंक रोक्न पहल गरेका हुन् ।
मनहरी–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु हुनु दुःखद भएको भन्दै त्यस क्षेत्रमा जनधनको क्षति हुनबाट रोक्न अविलम्ब सुरक्षाकर्मीसहित प्राविधिक टोली परिचालन गर्न निकुन्जका वार्डेन अशोककुमार राममार्फत पहल गरेका छन् ।
बानियाँले मृतकका परिवारलाई उचित राहत र त्यस क्षेत्रमा भौतिक संरचना र बालिनालीमा भएको क्षतिको तथ्यांक संकलन गरी क्षतिपूर्ति उपलव्ध गराउन आग्रह गरेका छन् । बानियाँले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई समेत हात्ती प्राभावित क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभुति, राहत र क्षतिपूर्तिका लागि स्थानीय प्रशासन र निकुन्जसंग समन्वय गर्न सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।