बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

६ वटा प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्न

६ वटा प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्न

  • मिडिया डबली
  • आइतवार, माघ २२ २०७९

  • 2.4K
    SHARES

  • ६ वटा प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्न

    काठमाडौं– लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ। मुलुक संघियतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो।

    गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढिकरणमा केन्द्रीत छ। संगठन सुदृढिकरण र सुद्धिकरण अभियान अन्तर्गत प्रदेश अधिवेशन भइरहेको अध्यक्ष शिव लम्सालले जानकारी दिए।

    ‘पत्रकारहरुको हकहितका विषय त प्राथमिकतामा पर्ने नै भए। त्योसँगै हामीले संगठन चलयमान बनाउन सुदृपढिकरण र सुद्धिकरणलाई प्राथमिकता दिएका छौं। युनियनले यसअघि संघिय संरचना बनाएको थिएन। अहिले हामी संघिय संरचनाको जग बसाउन प्रदेश अधिवेशन गरिरहेका छौं,’ लम्सालले भने, ‘६ वटा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन्। बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा हामी छौं। बागमतीको अधिवेशन लगत्तै उपत्यका प्रदेशको अधिवेशन हुन्छ।’

    मंगलबार सम्पन्न हुने बागमती प्रदेश अधिवेशनको तयारी सम्पन्न भइसकेको केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारीले जानकारी दिए। अधिवेशनको उद्घाटन कांग्रेस नेता डा. शेखर कोइरालाले गर्नेछन्। त्यसका लागि कोइराला सोमबार चितवन जाँदैछन्।

    कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार कोइरालाले युनियनको अधिवेशन उद्घाटन अघि पार्टीका नेता–कार्यकर्तासँग सोमबार छलफल गर्नेछन्। कोइरालाले मंगलबार विहान ९ बजे युनियनको प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १३ २०७९०८:४३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend