बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण

प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १३ २०७९

  • 3.7K
    SHARES

  • प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण

    काठमाडौं ।  नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिले प्रमाणपत्र तथा पदभार ग्रहण ग्रहण गरेको छ ।

    नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नव निर्वाचित पदाधिकारी खादा ओढाएर सम्मान गरेका हुन् । महतले प्रमाणपत्र प्रदान गर्दै आपसी प्रतिस्पर्धालाई विचारको लडाई नभएर प्रतिस्पर्धाको लडाइँको रूपमा लिन आग्रह गरेका थिए ।

    अहिलेको अवस्थामा सबै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा  निवर्तमान अध्यक्ष बद्री सिग्देल, अनिता बिन्दु, प्रेस युनियनका संस्थापक रमेश तुफान, निवर्तमान उपाध्यक्षलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई दिएका थिए ।

    निवर्तमान अध्यक्ष बद्री सिग्देलले नवनिर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०२:४३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend