बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटारले प्रेस युनियनका चार पदाधिकारी उम्मेदवारको नाम टुंगो लगायो

बालुवाटारले प्रेस युनियनका चार पदाधिकारी उम्मेदवारको नाम टुंगो लगायो

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३ २०७९

  • 11.6K
    SHARES

  • बालुवाटारले प्रेस युनियनका चार पदाधिकारी उम्मेदवारको नाम टुंगो लगायो

    काठमाडौं - नेपाल प्रेस युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ । युनियनको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि दिनदिनै उम्मेदवारी घोषणा गर्ने बढेको छ ।

    अहिलेसम्म सबैले स्वतन्त्र ढंगले पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । तर, नेपाली कांग्रेसको संस्थापन पक्षले भने युनियनका चार पदाधिकारीको नाम टुंगो लगाएको छ ।

    युनियनको अध्यक्षमा अनिता विन्दु, उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जग्गनाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको नाम टुंगो लगाएको हो ।

    बालुवाटारले युनियन अध्यक्षको टिकट दिएपछि अनिता विन्दुले बिजुलीबजारस्थित होटल कार्निभलमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेकी छन् ।

    यसअघि अधिकारीले आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका थिए । उनले संस्थापन पक्षले आफूलाई टिकट दिने निश्चित भएको बताएका थिए । तर, बालुवाटारले अनिता विन्दुलाई अध्यक्षको टिकट दिएको हो ।

    युनियनको अध्यक्षमा दीपक आचार्य, ईश्वरी ओझा, शिव लम्साललगायत आकांक्षी छन् । यस्तै, महासचिवमा दिलीप पौडेल, नकुल अर्याल, रमेश वाग्ले, खिला कार्कीलगायतले इच्छा देखाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २२ २०७९०२:४३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend