काठमाडौं– गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण पेस गरेका छन् । आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो ।
आयोगमा बुझाइएको विवरणानुसार नेकपा एकीकृत समाजवादीको सबैभन्दा धेरै खर्च भएको देखिन्छ । एकीकृत समाजवादी समानुपातिकतर्फ करिब पाँच हजार मत नपुग्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको थियो । सो पार्टीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।
उक्त निर्वाचनबाट सात पार्टी राष्ट्रिय दल बनेका थिए । दोस्रो सबैभन्दा बढी खर्च राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको देखिन्छ । राप्रपाले एक करोड ८९ लाख खर्च भएको जनाएको छ ।
नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण पेस गरेको छ ।
नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च गरिएको विवरण बुझाएको छ । नेकपा माओवादी केन्द्रले एक करोड चार लाख ३४६ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ ।
निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ ।
आयोगमा बुझाइएको विवरणानुसार जनता समाजवादी पार्टीले ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले तीन लाख ८८ हजार खर्च गरेको छ ।
बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसारका लागि खर्च नै नभएको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।