बर्दघाट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका बाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् । नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले चुनाव सप्पन्न भएको एक महिनामै प्रतिवद्धता पूरा गर्न कामको सुरुवात भएको बताए ।
शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘विभिन्न प्रतिकुलताकाबीच हामीले चुनाव जित्यौ । चुनावका बेला नेतारकार्यकर्ता र जनतासङ्ग यो क्षेत्रको विकास नै मेरो लक्ष्य हो भनेको थिएँ। यो एक महिनामै प्रतिवद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ ।’
उनले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिमचरणमा रहेको जानकारी दिए । ‘विकास भनेको सोच हो । काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन । हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, नीजी क्षेत्र र विज्ञहरुसङ्ग छलफल गरेर विकासको खाका बनाउदैछौ,’ सांसद चौधरीले भने, ‘हामी कुनै आग्रह–पूर्वाग्रह नगरी यो क्षेत्रको विकासका लागि क्रियाशील हुन्छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।