आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले भर्चुअल सम्मेलन गर्ने

भारतले भर्चुअल सम्मेलन गर्ने

  • मिडिया डबली
  • आइतवार, पौष २४ २०७९

  • 2.6K
    SHARES

  • भारतले भर्चुअल सम्मेलन गर्ने

    काठमाडौं - नवीन एवम् विशिष्ट पहलका साथ भारतले यही पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्दै छ ।

    “युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज” विषयवस्तु अन्तर्गतको यस “भ्वाइस अफ ग्लोबल साउथ समिट”ले ग्लोबल साउथका राष्ट्रहरुलाई साझा मञ्च प्रदान गरी उनीहरुका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरुलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरेको भारतिय विदेश मन्त्रालयले जनाएको छ ।

    यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको भारतिय विदेश मन्त्रालयले जनाएको छ ।। यो पहल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सार्नुभएको परिकल्पना “सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास” बाट प्रेरित छ र भारतको वसुधैव कुटुम्बकम दर्शनमा आधारित रहेको भारतिय विदेश मन्त्रालयले जनाएको छ ।

    भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरुबाट आएका अमूल्य सुझावहरुलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्ने भारतिय विदेश मन्त्रालयले भनाई छ ।

    यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्घ नभएका राष्ट्रहरुलाई जी–२० मार्फत उनीहरुका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्ने भारतिय विदेश मन्त्रालयले जनाएको छ । 

    यो जी–२० का सदस्यहरुसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरुका आवाजलाई पनि उत्तिकै महत्व दिदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ अनुरुप रहेको भारतिय विदेश मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend