आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ कि लामा ? आज छिनोफानो हुने

कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ कि लामा ? आज छिनोफानो हुने

  • मिडिया डबली
  • बुधवार, पौष १३ २०७९

  • 3.3K
    SHARES

  • कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ कि लामा ? आज छिनोफानो हुने

    काठमाडौं - नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता आज पाउने भएको छ । त्यसका लागि हेटौंडामा दलको नेता चयन प्रक्रिया सुरु हुँदैछ ।

    यतिबेला दलको नेताको निर्वाचनमा सहभागी हुन सबै प्रदेश सभा सदस्य हेटौंडामा भेला भइसकेका छन् । कांग्रेस बागमती प्रदेशमा सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ । केन्द्रमा सत्ता समीकरण नफेरिएको भए बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने थियो ।

    तर, एमाले र माओवादी मिलेका कारण कांग्रेस प्रतिपक्षमा बस्ने परिस्थिति आएको छ । राजनीति हो जे पनि हुन सक्छ । त्यही भएर कांग्रेस बागमती प्रदेश दलको नेताको निर्वाचनलाई सबैले चासोपूर्वक हेरेका छन् । अघिल्लो पाँच वर्षसम्म दलको नेता बनेका इन्द्र बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाबीच दलको नेतामा प्रतिस्पर्धा हुँदैछ ।

    बानियाँ कांग्रेस बागमती प्रदेशका सभापति हुन् । पूर्वगृहराज्यमन्त्री भइसकेका बानियाँकै भूमिकाका कारण कांग्रेसले बागमतीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उल्लेख्य प्रगति हासिल गरेको थियो । बागमतीमा कांग्रेस नै ठूलो दल बन्न सफल भयो । सोही कारण कांग्रेसका अधिकांश सांसद उनलाई सर्वसम्मत दलको नेता चयन गरिनुपर्ने बताउँछन् । बानियाँ र लामा दुवै संस्थापन पक्षका नेता हुन् ।

    लामा भने आफू केन्द्रीय सदस्य पनि भएकाले दलको नेतामा आफूलाई जिताउनुपर्ने बताउँदै आएका छन् । ३७ सांसदमध्ये १९ मत जसले प्राप्त गर्छ उही नै दलको नेता निर्वाचित हुने छ । बानियाँ र लामा दुवैले आफूले जित्ने बताउँदै आएका छन् ।

    कांग्रेसको संस्थापनमा पनि आफू बलियो रहेको र इतर पक्षको पाँच मत पनि आफूले पाउने भएकाले चुनाव जित्ने बानियाँको दाबी छ । तर, लामा भने सभापति शेरबहादुर देउवाकै इच्छाका कारण आफूले जित्ने दाबी गर्छन् । दलको नेताका लागि प्रदेशको भूगोल र राजनीति पनि थाहा हुनुपर्छ ।

    यस मामिलामा बानियाँ लामाभन्दा धेरै अघि छन् । बानियाँको समाजसेवाको भावनाका कारण लामालाई दलको नेता निर्वाचित हुन फलामको चिउरा चपाउनुसरह हुने निश्चित छ । तर, राजनीति सम्भावनाको खेल भएकाले अहिले नै यसले जित्ने भन्दा पनि आज कांग्रेसले बागमती प्रदेशमा दलको नेता चयन गर्ने भएकाले सबैको चासो त्यता देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend