काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आव्हान गरेसँगै दलहरु सरकार गठनका लागि कसरत गरिरहेका छन्।
०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर चुनावमा होमिएका थिए।
चुनावी परिणामले पनि अहिलेको सत्ता गठबन्धनलाई नै सरकार गठनका लागि जनताले म्याण्डेट दिएका छन्। मिलेर संस्थाको अभाव भएको हो।
अहिलेको अवस्थाकम मुलुक र संविधान सम्झेर काम गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ। त्यसका लागि गठबन्धनमा रहेका दलहरु नै अघि बढ्नुपर्नेतर्फ माओवादीलगायतका दलहरले लाग्नुपर्ने हुन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिकरूपमा स्वीकार नगरे पनि आफ्नो कदम आममतदातालाई मन परेको रहेनछ भन्ने महसुस भएकै छ।
माओवादी अध्यक्ष प्रचण्डले तत्कालका लाभ भन्दा पनि भविष्यमा आफ्नो दलको हित चाहने हो भने अहिले परिपक्व भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। अहिलेको मात्र हेर्ने हो भने भविष्य अरू कठिन हुन सक्छ। सरकार निर्माणका निम्ति माओवादीले कांग्रेसलाई सहयोग गरेर अघि बढ्नु नै उत्तम पहल हुने देखिन्छ। कांग्रेस वा एमालेलाई नै अघि बढ्न दिनुपर्छ।
जनादेशले जुन दललाई जहाँ रहन तोकिएको हो, त्यही रहँदा प्रभावकारी भूमिका खेल्न सहज हुन्छ। जनताले घटाएर सानो दलको भूमिकामा पुर्याएका छन् भने त्यसलाई स्वीकार गर्न पनि सक्नुपर्छ। अन्यथा, अहिलेको त्रिशंकु संसद् किनबेचको थलो बन्न पुग्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।