सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

६ वटा महानगरपालिकामा तालमेल केन्द्रबाट टुंगो लगाउने गठबन्धनको निर्णय

६ वटा महानगरपालिकामा तालमेल केन्द्रबाट टुंगो लगाउने गठबन्धनको निर्णय

  • मिडिया डबली
  • बिहिवार, चैत्र १७ २०७८

  • 4.2K
    SHARES

  • ६ वटा महानगरपालिकामा तालमेल केन्द्रबाट टुंगो लगाउने गठबन्धनको निर्णय

    काठमाडौं - आगामी स्थानीय तह निर्वाचनमा एकतावद्ध भएर जाने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

    स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरुले गठबन्धन दलबीच मात्र चुनावी तालमेल गर्ने सहमतिसमेत गरेको छ।

    यस्तै गठबन्धनले महानगरपालिकाको विषष केन्द्रबाट र अन्य ठाउँको तालमेलको विषय स्थानीय स्तरबाट टुंगो लगाउने सहमति पनि गठबन्धनमा आबद्ध दलबीच भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

    ६ मध्ये नेपाली कांग्रेसले तीनवटा महानगरपालिका पाउने निश्चित छ । तर कांग्रेसमा चारवटा मानगरपालिकामा दाबी कायमै राख्नुपर्ने मत बलियो छ ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ८ २०७९१०:३९:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend