सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एकाएक विप्लवको पार्टी बन्यो आक्रमक, चक्काजामको घोषणा  

एकाएक विप्लवको पार्टी बन्यो आक्रमक, चक्काजामको घोषणा  

  • मिडिया डबली
  • बिहिवार, मंसिर २९ २०७९

  • 3.3K
    SHARES

  • एकाएक विप्लवको पार्टी बन्यो आक्रमक, चक्काजामको घोषणा  

    रुपन्देही– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकारबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानूनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्द्वको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु स्रोतका अनुसार नेकपाले पुस १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य शहरहरुमा अन्तरक्रिया, ४ गते साँझ मसाल जुलुस र ५ गते बिहान १०–११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाइएको छ ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाल कम्युनिस्ट पार्टीले २० महिनाअघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपा माथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ताहरुको बिना सर्त रिहाइ गर्ने र उनीहरुमाथि राजनीतिक आस्थाका आधारमा लगाईएका मुद्धाहरु खारेज गर्ने सहमति भए पनि तर कार्यान्यवनमा ढिलाई गरेको भन्दै ध्यानाकर्षण गराउने उद्देश्यले संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०८:०७:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend