सुर्खेत– लकडाउन पछि कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ गरेको छ ।
कर्णालीका १३ जना विप्लव कार्यकर्ता पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले बताए।
उनका अनुसार सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरिएको हो । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका ४८ वर्षीय कर्णबहादुर विसी र ४२ वर्षीय सहवीर महर पक्राउ परेका छन् । उनका अनुसार विसी र महर जिल्ला कमिटी सदस्य हुन् ।
रुकुम पश्चिमका जिल्ला सेक्रेटरीसहित विप्लवका चारजना कार्यकर्ता आठवीसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ परेका छन् ।
मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावल, नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका छन् ।
दैलेखबाट आठवीस नगरपालिका–६, का ३० वर्षीय उदय विक पक्राउ परेका छन् । मुगु सोरु गाउँपालिका–६, घर भएका जिल्ला सेक्रेटरी ३७ वर्षीय उदय भनिने रामबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, घर भएका जिल्ला सदस्य २९ वर्षीय नन्द तिवारी र सोही गाउँपालिकाकी १६ वर्षीया सपना बुढा जुम्लास्थित तिला गाउँपालिका–७, गोडेगाउँबाट पक्राउ परेका छन् ।
उनका अनुसार जुम्ला गोठीचौर गाउँपालिका–१, का २९ वर्षीय सूर्य महतारा डोल्पास्थित जगदुल्ला गाउँपालिका–१, हुरिकोटबाट पक्राउ परेका छन् । सल्यान बागचौर नगरपालिका–४, का २३ वर्षीय मोहन केसी र सोही नगरपालिका–२, का २३ वर्षीय सेजन चन्द सल्यानबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।