सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली सरकारलाई विप्लवको चुनौती : ‘खुल्लामञ्च’ आउन तयार छौँ

ओली सरकारलाई विप्लवको चुनौती : ‘खुल्लामञ्च’ आउन तयार छौँ

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 5.3K
    SHARES

  • ओली सरकारलाई विप्लवको चुनौती : ‘खुल्लामञ्च’ आउन तयार छौँ

     काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले आफूहरु खुल्लामञ्चमा आउन तयार रहेको बताएका छन्। विप्लवले आफूहरुले उठाएको मागहरु राज्यले सुन्यो भने वार्ताका लागि तयार रहेको बताएका हुन। इरातो खबरसँगको अन्तरवार्तामा चन्दले जनताको कुरा राज्यले सुन्ने ग्यारेन्टी भए आफूहरु अहिले नै वार्ताका लागि तयार रहेको बताएका हुन्।

    ‘जनता कहाँ असन्तुष्ट छन् भन्ने कुरा राज्यले सुन्नुपर्‍यो। हामीले जनताका कुरा उठाएका हौं। के गर्दा जनता खुसी हुन्छन् भन्ने त राज्यले सुन्नुपर्‍यो,’ उनले भने, ‘राज्यले जनताका कुरा नसुन्ने अनि हामीलाई वार्ताको पक्षमा छैन भनेर भन्न कसरी कुरा मिल्यो?’ सरकारले प्रतिवन्ध लगाएपछि पनि पार्टीका नेता सुदर्शनलगायतसँग पुगेर राज्यले वार्ता गरौं भनिरहेको उनले खुलाए। कसैले देश बाहिर लगेर वार्ता गराउन खोजे त्यो सम्भव नहुने उनको भनाइ छ।

    ‘राज्य कस्तो देखिन्छ भने सिके राउतजस्तो बनाउने रे। नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुन्न,’ उनले भने, ‘कसैले दिल्ली लगेर वार्ता गराउन चाहला प्रचण्ड, बाबुराममात्रै हुन्छ त्यस्तो। यो कुरा सबैले बुझे हुन्छ।’ उनले आफूहरूलाई अहिलेकै सत्तामा घुमाउन राज्यपक्षले चाहेकोले त्यो इच्छा पूरा नहुने पनि बताए। ‘अहिलेको सत्तामा घुमाउन खोज्नेरु त्यो उनीहरूका लागि हुन्छ नेपाल कम्युनिष्ट पार्टीलाई हुन्न,’ उनले भने, ‘नेपाली जनताको हितलाई केन्द्रमा राखेर वार्ता हुने हो।’

    सरकारले वार्ता गर्न खोजे पनि नेपाल कम्युनिष्ट पार्टीले रूची नराखेको भन्ने हल्लामा सत्यता नभएको विप्लवको भनाइ छ। ‘अहिले कताकता हल्ला चल्यो रे, सरकार त इमान्दार थियो तर नेपाल कम्युनिष्ट पार्टीले रूची राखेन। यो भ्रामक कुरा हो। जनतालाई भ्रमित पार्ने कुरा हो। त्यो सत्य कुरा होइन,’ उनले भने।

    उनले आफूहरूले सञ्चालन गरिरहेको क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जान नहुनेमा आफू सचेत रहेको पनि बताएका छन्। ‘हाम्रो क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जानु हुँदैन। जनताको आँगनबाट अगाडि बढ्ने क्रान्ति हामीले चाहेको हो,’ उनले भने। गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरूलाई भूमिगत भनेकोमा उनको असन्तुष्टि छ।

    ‘गृहमन्त्रीले भूमिगत भने। जुन कुरा हामीले भनेकै छैन। हामी भूमिगत पार्टी भनेको छैन। हामी जनताको बीचमा छौं,’ उनले भने, ‘प्रतिस्पर्धामा छौं। खुलामञ्चमै आउन तयार छौं।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ३ २०७७०७:५७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend