सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

खसी नदिएपछि गरेको थियो मोरङमा विप्लव समूहले शिक्षकको हत्या 

खसी नदिएपछि गरेको थियो मोरङमा विप्लव समूहले शिक्षकको हत्या 

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २६ २०७७

  • 6.6K
    SHARES

  • खसी नदिएपछि गरेको थियो मोरङमा विप्लव समूहले शिक्षकको हत्या 

    काठमाडौं – मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए । तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन् ।
    शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ ।

    विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ ।

    विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन् । यो खबर नागरिक दैनिकमा छ।  
    मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उदृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साथ टिपेर फर्कँदै गर्दा बारीबाट नचिनेका दुई जना भाग्दै थिए । को हो भन्दै उनीहरुतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे ।


    घरदेखि अली पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ । ‘उहाँ (श्रेष्ठ) ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु, गाई ब्याउन लागेको छ भन्नुभयो’, धनकुमारीले भनिन्, ‘छिमेकीहरु आत्तिँदै बाख्रा खोरमै आएर तपाईँको पतिलाई कसैले अपहरण गरेर लगे भने । त्यसपछि सबै जनाले खोज्न थाल्यो । खोज्दै जाँदा बन्दुक पड्किएको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो ।’

    उनका अनुसार हत्याराहरुले खसी र एउटा बाख्रा मागेका थिए । ‘उनीहरुलाई श्रीमानले बाख्रा चाहिँ दिने भन्नु भएको थियो । खसी नदिँदा यस्तो घटना भयो’, उनले भनिन् ।शिक्षक हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले श्रेष्ठको हत्या गरेको स्वीकार गर्दै मंगलबार राति विज्ञप्ति जारी गरेको छ । 

      

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ३ २०७७०७:५७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend