आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विनोद चौधरीले किने युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

विनोद चौधरीले किने युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 14.4K
    SHARES

  • विनोद चौधरीले किने युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

    काठमाडौं- उद्योगपति विनोद चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर किनेका छन् । चौधरी परिवारको प्रमुख लगानीमा नेपालमा नबिल बैंक छ।

    बैंकले केही समयअघि नेपाल बंगलादेश बैंक खरिद गरेको थियो। युनियन बैंक अफ कोलम्बोको मेजर सेयर होल्डर कल्चर फाइनान्सियल होल्डिङ्स प्रालि र चौधरीको प्राइभेट इक्विटी फर्म सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालिबीच स्वामित्त्व हस्तान्तरणको सम्झौता भएको छ।

    दुई पक्षबीच डिसेम्बर १ मा सम्झौता भएको थियो । चौधरीले चार अर्ब १४ करोड ८९ लाख ७८ हजार नेपाली रुपैयाँमा बैंकको स्वामित्व किनेका हुन्। कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको एक्लो माउ कम्पनी टीपीजी एसिया (भीआई) एसएफ प्रालिले सो निर्णय गरेको हो।

    टिपीजी एसिया (भिआई) एसएफ प्रालि सिंगापुरस्थित एसेट म्यानेजमेन्ट कम्पनी हो। कम्पनीले कल्चर फाइनान्सियल होल्डिङ्स प्रालिको नाममा युनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत स्वामित्व राखेको थियो। सोही स्वामित्त्व चौधरीको प्राइभेट इक्विटी फर्म सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालि खरिद गर्न जाँदै छ।

    binod_chaudary.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २९ २०७९०२:०४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend