काठमाडौं - उद्योगपति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले दर्शक बनेर गोल हान्न सकिँदैन, गोल हान्न मैदानमै उत्रनु पर्ने बताएका छन् । ‘किताब जात्रा’ को अवसरमा आयोजित प्रत्यक्ष संवाद कार्यक्रममा उनले मैदानमा नआई खेलमा गोल हान्न नसकिने बताएका हुन् ।
सञ्चारकर्मी समा थापाले गरेको संवादमा चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर हुने भन्दै आफू जहिले पनि सडकमै रहेको जानकारी दिएका छन् ।
उनले चौधरीलाई ‘सडकबाट उठेर न्युयोर्कको फोर्ब्स पत्रिकासम्म त पुग्नुभयो । तर मुलुकको अवस्था यस्तो छ । तपाई लाग्छ कि यो मुलुकलाई दिन सक्ने कुरा उद्योग, रोजगारी र कर मात्रै हो त ? तपाई यो देशको रुपान्तरणमा केही योगदान रहँदैन ? भन्ने प्रश्न सोधेकी थिइन् ।
जसमा लामो उत्तर दिँदै चौधरीले दर्शक बनेर परिवर्तन सम्भव नहुने भन्दै परिवर्तनका लागि खेलाडीका रूपमा मैदानमा प्रवेश गर्नैपर्ने उल्लेख गरे ।
‘खेलाडी पनि अलग अलग श्रेणीका हुन्छन् । गोल हान्ने खेलाडी बन्नुभयो भने परिवर्तन ल्याउन सक्नुहुन्छ,’ उनले भने । उनले परिवर्तनकै लागि आफू मैदानमा उत्रिएको पनि बताए ।
‘यस्तो खेलाडीका रुपमा छु कि मैदानमै छु, भित्रै छु । गोल हान्नै सक्ने अवस्थामा छैन । आफ्ना कुरा राख्छु । जतिसुकै बलियो गरी आफ्ना कुरा राखे पनि सुन्ने निकाय संवेदनशील छैन । सुनेका कुरालाई कार्यान्वयनमा लैजाँदैन भने जति बोले पनि व्यर्थ हुन्छ,’ उनले भने, ‘सफलता लामो समय नजान सक्छ । सफलताले तपाईको नयाँ बाटो, नयाँ दृष्टिकोण दिन सक्नुपर्छ ।'
असफलता र कमजोरीबाट सिक्ने अवसर दिन्छ । म जहिले पनि सडकमै रहें । नेता चौधरीले परिवर्तनका लागि धेरै समय पनि नचाहिने उल्लेख गरे ।
भारतका दुई प्रदेशका उदाहरण दिँदै उनले भने, ‘भारतको उत्तर प्रदेश, विहारको कुरा गर्न सक्छौं । भारतको सबैभन्दा बढी बिग्रिएका प्रदेश हुन्, तर ती प्रदेश १०/१५ वर्षमा विकास भएका हुन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।