आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

देश बनाउने विनोद चौधरीको त्यो आत्मविश्वास

देश बनाउने विनोद चौधरीको त्यो आत्मविश्वास

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 7.4K
    SHARES

  • देश बनाउने विनोद चौधरीको त्यो आत्मविश्वास

    काठमाडौं - विनोद चौधरी नेपालका पहिलो खर्बपति । दोस्रो संविधानसभामा र अहिलेको प्रतिनिधिसभामा उनी लगातार सांसद छन् । अहिले उनी कांग्रेसबाट प्रतिनिधिसभा सदस्य छन् ।

    चर्चित उद्योगपतिका साथै उनी राम्रा मोटिभेटर पनि हुन् । कसरी आर्थिक समृद्धि हासिल गर्ने भन्ने उनको प्रवचन सुन्न हजारौं मानिसको भिड लाग्छ । उनले विभिन्न देशमा प्रवचन दिने गरेका छन् ।

    नेपालको वाइवाइ चाउचाउलाई अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता दिलाएका चौधरीको संघर्ष सानो छैन । उनको अथक मेहनत र परिश्रमले नै उनी अहिलेको अवस्थामा आइपुगेका हुन् ।

    राजनीतिबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने निष्कर्षका साथ उनी राजनीतिक पार्टीमा लागेका हुन् । चौधरी जब राजनीतिमा होमिए तबदेखि उनी समृद्ध र समुन्नत नेपालको परिकल्पनामा तल्लिन छन् ।

    चौधरी ग्रुपलाई जसरी सफलताको सिंढीमा उकाले त्यसैगरी नेपाललाई समृद्धीको आकार दिन उनी महत्वाकांक्षी योजनाहरुका साथ तयार रहेको उनको प्रस्तुतिबाट बुझ्न सकिन्छ ।

    विश्वबजार र विश्व अर्थतन्त्रलाई राम्ररी बुझेका चौधरी आफ्नो ज्ञान र विवेक प्रयोग गरेर मुलुकको समृद्धिका लागि काम गर्ने उत्साह बोकेर राजनीतिमा क्रियाशील रहेको उनीसँग संगत गरेका व्यक्तिहरु बताउने गर्छन् ।

    सीजी कम्पनीलाई बहुराष्ट्रिय कम्पनीको रुपमा विकास गर्दा चौधरीले संगालेका अनुभव नयाँ पुस्तालाई ऊर्जाशील बन्ने गरेको छ । उनी कहिलेकाहीँ युवा वर्गलाई प्रेरणा र उत्साह प्रदान गर्ने कार्यमा पनि लाग्ने गरेका छन् ।

    ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ। सबै कुरा ठीकठाक भए पनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धिसँग जोड्ने संकल्प लिएको छु,’ चौधरी भन्ने गर्छन् ।

    शुरुशुरुमा चौधरीलाई नेपालको राजनीतिभित्रको वेथिति उतिसारो ज्ञान थिएन, तर अहिले त्यसलाई राम्ररी बुझ्न थालिसकेका छन् । नेपालमा देखिएका बेथितिलाई चिर्न सक्ने सामर्थ्य आफूसँग रहेको भन्दै उनले कांग्रेस पार्टीलाई आफ्नो एउटा लक्ष्य र बाटो बनाएका छन् ।

    उनी नेपाली कांग्रेसको पार्टी संगठनमा पनि क्रियाशील छन् । पार्टीले उनलाई आर्थिक विभागमा राखेको छ । अब देशलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी उनमा पनि आएको छ । उनलाई पार्टीका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाले धेरै विश्वास गरेको देखिन्छ ।

    चौधरीले जहाँ जहाँ हात हालेका छन्, ती सबैमा सफलता हासिल गरेका छन् । नवलपरासीमा रहेको सिजी ग्रुपलाई उनले अन्तर्राष्ट्रियस्तरको बनाएका छन् । कांग्रेसलाई पनि आफ्नो सिजी ग्रुपलाई बनाएको ढाँचामा लैजानुपर्ने चुनौती उनमा छ ।

    ‘बेलायतको परिवर्तित परिवेशमा आर्थिक नीति स्पष्ट नहुँदा कुनैबेला त्यहाँको लेबर पार्टी र भारतमा कांग्रेस आईका हवीगत जस्तो देखिन्छ नेपाली कांग्रेस त्यस्तै नहोस् भन्ने हामी सबैको चाहना हुनुपर्छ । त्यसैले स्पष्ट अर्थनीति र त्यसलाई कार्यान्वयनमा ल्याउने विनोद र विनोद जस्ता पात्रहरुको खोजी हुनुपर्ने माग उठ्न थालेको हो,’ राजनीतिक विश्लेषक नारायण पौडेल बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १४ २०७९०५:४०:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend