आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चर्चित व्यवसायी विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

चर्चित व्यवसायी विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

  • मिडिया डबली
  • सोमवार, मंसिर ६ २०७८

  • 4.8K
    SHARES

  • चर्चित व्यवसायी विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा चर्चित व्यवसायी विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

    सोमबारदेखि नवलपुरमा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

    सांसद चौधरीबाहेक अरु महाधिवेशन प्रतिनिधि सर्वसम्मत हुन नसकेपछि भोलि मंगलवार निर्वाचन हुनेछ ।

    नवलपुर कांग्रेस सभापति विष्णु लामिछानेले चौधरी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका जानकारी दिए ।

    सांसद चौधरी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन् । ‘उहाँ मात्रै सर्वसम्मत हुनुभयो । अरु महाधिवेशन प्रतिनिधिका लागि भोलि मतदान हुन्छ,’ सभापति लामिछानेले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend