आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परोपकारी काममा जुट्यो चौधरी फाउन्डेसन, आईसीयू वार्ड र अक्सिजन प्लान्ट जोड्दै

परोपकारी काममा जुट्यो चौधरी फाउन्डेसन, आईसीयू वार्ड र अक्सिजन प्लान्ट जोड्दै

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 5.8K
    SHARES

  • परोपकारी काममा जुट्यो चौधरी फाउन्डेसन, आईसीयू वार्ड र अक्सिजन प्लान्ट जोड्दै

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ ।

    नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्त्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने जनाएको छ ।

    फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नेछ । वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड र वीरकै नयाँ भवनमा अक्सिजन प्लान्ट जडान गरिने फाउन्डेसनले जनाएको छ । १–२ दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्बन्धमा हस्ताक्षर हुने जनाइएको छ । 

    सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा फाउन्डेसनले १–१ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।

    फाउन्डेसनले दुबै नगरपालिकासँग आवश्यक सहमति भइसकेको जनाएको छ । वीर अस्पताल, धनगढी र वीरेन्द्रनगरमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहने जनाइएको छ ।

    क्षमताअनुसार १ दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने जनाइएको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकासँग सहकार्य गर्ने जनाएको छ ।

    ‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न हाम्रो टीम अहोरात्र खटिएको छ,’ फाउन्डेसनले प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘हामीलाई विश्वास छ कि हामी केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौं ।’

    धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुबै प्रदेशको अक्सिजन माग पूरा गर्नेछ । चौधरी फाउन्डेसनले तत्काल अक्सिजन कन्सन्ट्रेसन आयात गरी चर्को अभाव खेपिरहेका अस्पताललाई उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ ।

    आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करीब १० करोड रुपैयाँ खर्च हुने अनुमान फाउन्डेसनले गरेको छ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजनाअघि बढाएको छ ।

    ‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य उपकरण हुन्,’ अध्यक्ष चौधरीले भने, ‘अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ, हामी यही उद्देश्यका साथ कोरोना विरुद्धको अभियानमा अगाडि बढेका छौं ।’

    चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला समेत आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २०० भन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क वितरण गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १४ २०७९०५:४०:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend