काठमाडौं– सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो ।
बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।