आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

विनोद चौधरीलाई भोट माग्न प्रधानमन्त्रीदेखि कलाकारसम्मको ताँती, त्रिपाठीको छैन चर्चा

विनोद चौधरीलाई भोट माग्न प्रधानमन्त्रीदेखि कलाकारसम्मको ताँती, त्रिपाठीको छैन चर्चा

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३० २०७९

  • 4.3K
    SHARES

  • विनोद चौधरीलाई भोट माग्न प्रधानमन्त्रीदेखि कलाकारसम्मको ताँती, त्रिपाठीको छैन चर्चा

    काठमाडौं - विनोद चौधरी नेपालका एक मात्र खर्बपति । नेपाललाई आर्थिक रूपमा अघि बढाउन सक्ने क्षमता भएका नेता । आफ्नो उद्देश्य प्राप्त गर्न कटिबद्ध, देशको समृद्धि र विकासमा समर्पित रहने प्रण गर्ने उद्योगपति।

    लोकतान्त्रिक राजनीतिबाट मात्रै परिवर्तन सम्भव भएको र जनअनुमोदित नभएसम्म परिवर्तन गर्न नसकिने धारणा राख्ने चौधरी नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरीलाई भोट माग्न अहिले नवलपरासीमा नेतादेखि अभिनेतासम्मको ताँती लागेको छ ।

    उम्मेदवारी मनोनयन दर्ता गरेको दिनदेखि चौधरीले निर्वाचन क्षेत्र छाडेका छैनन् । यसबीचमा उनी प्रत्येक मतदाताको घरघर पुगेका छन् । उनीहरूका दुःख, पीडा, अप्ठेरा मात्र होइन, देशको वस्तुस्थितिसमेत बुझ्ने मौका पाएका छन् ।

    देशलाई आर्थिक रूपले समृद्धि बनाउने अठोट लिएका चौधरीका लागि भोट माग्न प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नवलपरासी पुगेका थिए । देउवाले नवलपरासीको समग्र विकासका लागि चौधरीलाई विजय गराउन आग्रह गरे।

    नवलपरासी विकासमा धेरैपछि परेको र यो जिल्लाको विकासका लागि चौधरीलाई यहाँ पठाइएको देउवाको भनाइ थियो । ६ पटकसम्म जितेर पनि हृदयेश त्रिपाठीले निर्वाचन क्षेत्रलाई पछौटेपनमै छाडेपछि चौधरी त्यहाँ विकास गर्ने बाचासहित कांग्रेस उम्मेवार बनेका हुन् । .

    चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै प्रधानमन्त्री देउवाले नवलपरासी पश्चिमका मतदातालाई भने, ‘तपाईहरू विनोद चौधरीलाई जिताएर पठाउनुस्, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउँछौं।’

    चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे। उनले विनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोसे ढुंगा साबित हुने बताए। ‘चौधरीको उम्मेदवारी तपाईं आम मतदाताको सुनिश्चित भविष्य हो विजय गराउनुहोस् अरु हामीले गर्छौ,’ प्रचण्डले भने।

    उम्मेदवार चौधरीले यस क्षेत्रका जनताले भोगेको मल, बिउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। २५ वर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए।

    चौधरीलाई भोट माग्न अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अहिलेका लोकप्रिय अभिनेता प्रदीप खड्का, नेपाली कांग्रेस निकट कलाकारहरू नवलपरासी पुगिसकेका छन् । सबैले चौधरीको जितले मात्र नवलपरासीको मुहार फेरिने भन्दै जिताउन अपिलसमेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend