काठमाडौं– अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन्। उनी मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए ।
सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे । यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन् । भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।