मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

बाबु प्रकाश ‘शाही मन्त्री’, छोरी मनिषा राजेन्द्र लिङ्देनको प्रचारक

बाबु प्रकाश ‘शाही मन्त्री’, छोरी मनिषा राजेन्द्र लिङ्देनको प्रचारक

  • मिडिया डबली
  • आइतवार, कार्तिक २७ २०७९

  • 3.2K
    SHARES

  • बाबु प्रकाश ‘शाही मन्त्री’, छोरी मनिषा राजेन्द्र लिङ्देनको प्रचारक

    काठमाडौैं - बलिउडमा काम गर्दागर्दै अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन् । नेपाल आएलगत्तै उनले राप्रपाको चुनावी सभामा सम्बोधन गरिन् ।

    सम्बोधनका क्रममा उनले कांग्रेसले बीपी कोइरालालाई बिर्सेको, बरु राप्रपाले सम्झेको भन्दै राजेन्द्र लिङ्देनको आरति नै उतारिन् । मनिषाको यो हदसम्मको वैचारिक स्खलनबारे अहिले संसारभर चासो उत्पन्न भएको छ ।

    मनिषा बीपी कोइरालाकी नातिनी हुन् । उनका बाबु प्रकाश कोइराला कांग्रेसको राजनीति छाडेर गुमनाम झैं बसेका छन् । जब ज्ञानेन्द्र शाहको ‘कू’ लाई स्वागत गर्दै प्रकाश मन्त्री खान गए, त्यहीबेलादेखि उनको कांग्रेसमा राजनीति समाप्त भएको हो ।

    अहिले उनी राजावादी बनेका छन् । बाबु जुन बाटोमा हिँड्यो त्यसको प्रभाव छोराछोरीमा पर्नु सामान्य कुरा हो । मनिषा बीपीभन्दा बढी बाबु प्रकाशसँग घुलमिल भएकी छन् । सँगै बसेकी छन् । त्यसैले बाबुले जे भन्यो मनिषाले गर्ने त्यही हो ।

    तर बीपीको नातिनी भएकै कारण आफूले बीपीलाई राजनीतिक रुपमा बुझेको छु भन्ने भ्रम हो भने मनिषा आफैं राजनीतिमा आए हुन्छ । बीपीको प्रजातान्त्रिक समाजवादको अवधारणालाई राजेन्द्र लिङ्देनले बोक्छन् भन्नू बीपीको घोर अपमान हो ।

    बीपी कोइराला कांग्रेसका संस्थापक र वैचारिक नेता हुन् । बीपीकै आदर्श प्रजातान्त्रिक समाजवाद कांग्रेसको सिद्धान्त हो । त्यही भएर मनिषाले बीपीको थप बदनाम नगर्न कांग्रेस नेता कार्यकर्ताले चेतावनी दिएका छन् ।

    कसैलाई पनि आफ्नो विचार राख्ने, पक्षधरता लिने स्वतन्त्रता हुन्छ । त्यसकै लागि कांग्रेसले राणा शासनविरुद्ध क्रान्ति गरेर देशमा प्रजातन्त्र ल्याएको हो । तर, बीपीको नातिनी हुँ भन्दैमा बीपीको बदनाम गर्ने छुट मनिषालाई छैन ।

    धेरैले मनिषाले कोइराला परिवारको विरासत बोक्ने अपेक्षा गरेका थिए । पढेलेखेको र दुनियाँ बुझेकाले उनले नेपाली कांग्रेसबाट राजनीति गर्लिन् भन्ने सबैले अनुमान पनि गरेका हुन् ।

    तर, अहिले आएर उनी राजावादी राजेन्द्र लिङ्देनको प्रचारक बनेपछि मनिषाले कोइराला परिवारको विरासत बोक्न सक्दिनन् भन्ने प्रष्ट भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ११ २०८००२:०४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend