आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चौधरी ग्रपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता, त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध !

चौधरी ग्रपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता, त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 3.3K
    SHARES

  • चौधरी ग्रपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता,  त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध !

    नवलपरासी - चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ ।

    उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता न. ३०१७०४÷०७९÷०८० रहेको छ ।

    उद्योग स्थापनाकालागी ग्रुपले पश्चिम नवलपरासीको सुस्तागाउँपालिकामा करिव पाँच विगाहा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए । तर यस बिषयलाई नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशिल पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन् ।

    त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसंग हार गुहार गरेका छन् । शिलान्यास गरिए त्यसको अवरोध गर्ने र चुनाव विथोल्ने समेतको धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

    उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकास विरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको भनाई छ । सुस्ता गाउँपालिका वडा नम्बर ४ का प्रमोद पाण्डेले भन्नुभयो ‘उहाँले आफू पनि केही गर्नुभएन र अरुलाई पनि गर्न दिन्न भन्नु आपत्तीजनक छ । हामीलाई यहि रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो ।’

    यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का हरीजन चौधरी भन्नुहुन्छ‘ अहिले हरेक घरघरमा हेर्ने हो भने युवाहरु सबै विदेश छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि विदेश जानेमा यो जिल्ला नै पर्छ । यही उद्योग खुल्छ भने किन विरोध गर्ने ? कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनु पर्यो ।’

    चौधरीले भने। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध गरिए पनि निर्वाचन लगत्तै अगाडी बढाइने जानकारी दिएका छन्।

    ‘यस क्षेत्रलाई हामीले औद्योगीक पार्कका रुपमा विकास गर्नेछौँ । यहाँ अन्य उद्योगहरु पनि विस्तार हुदै जाने छन् जसकाकारण धेरैभन्दा धेरै युवाहरुका लागी रोजगारीका अवसर र किसानका लागि उचित मूल्य पाउने वातावरण तयार हुनेछ ।'

    kampani.jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २९ २०७९०२:०४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend